आगलागीमा परी ३ जनाको मृत्यु

सर्लाही, कबिलासी नगरपालिका-७ सिरसिया बस्ने जोगी महरा चमारको घरमा बिद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चमारकी छोरी ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धि कुमारी रहेका छन् ।
आगलागीमा परेर गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल हुँदै थप उपचारक लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आगलागीमा घाइते भएकी उनकै अर्की छोरी उपचार पश्चात डिश्चार्ज भएकी छन् । साथै घर, लत्ताकपडा, भाडावर्तन जलेर करिब ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी सर्लाही, मलंगवा नगरपालिका-६ खुटौना बस्ने ७० वर्षीय नसिर खाँको आगलागीमा परेर बुधबार राति मृत्यु भएको छ ।
आफ्नो घरदेखि करिब ५ सय मिटर टाढा बाटोको छेउमा पराल बाली आगो ताप्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किएको अवस्थामा प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाएकोमा उपचारको उनको मृत्यु भएको हो । काठमाडौं, काठमाडौं महानगरपालिका-२७ स्थित सर्लाही नवलपरासी नगरपालिका-४ हेभपुर घर भएका ३६ वर्षीय धिरेन्द्र कुमार शाहले संचालन गरेको खेलौनाको गोदाममा बुधबार साँझ अगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको खेलौना जलेर नष्ट भएको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-८ बस्ने ३८ वर्षीय बिशेष गुप्ताको जानकी गाउँपालिका-४ रामगाउँमास्थित कच्ची घरमा रहेको कपासको गोदाममा विद्युत लाईन सर्ट भई बिहीबार बिहान आगलागी भएको छ । आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खुद्र खजुराबाट खटिएको प्रहरीले दमकल र स्थानीयबासीको सहयोगमा आगो निभाउने कार्य गरिरहेको छ । सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका-११ तिङनास बस्ने तिलमाया भुजेलको घरको भान्सा घरमा बिद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा उनकै छोरा शंकर भुजेलको घरमा समेत आगो फैलिएर दुवै जनाको घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतको सामान जलेर नष्ट भएको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारस्थित संजिब चौधरीको किराना पसलमा विद्युत सर्ट भई बुधबार राति आगलागी भएको छ । आगलागी नियन्त्रणमा आएको छ भने क्षतीको विवरण हाल खुलेको छैन् । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोग आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कमेन्टहरु
Loading...