रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा राजीनामाको घोषणा

काठमाडौं । नेपाल सरकारका रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसको जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका रिजालले प्रारम्भिक नतिजाले आफ्नो पराजय सुनिश्चित गरेपछी फेसबुक मार्फत रक्षामन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन् । उनले आजै राजीनामा प्रधानमन्त्री समक्ष पेश गर्ने बताएका छन् ।

कमेन्टहरु
Loading...