उम्मेदवार टुंगो लगाउन कांग्रेसमा ‘रस्साकस्सी’, देउवाले बोलाए आफू पक्षधरको बैठक

१४ औं महाधिवेशन नजिकिएसँगै सत्तारुढ नेपाली कांग्रेसमा नेतृत्वमा पुग्ने रस्साकस्सी चलिरहेको छ । २४ मंसिरमा उद्घाटन भएर २७ गते नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कांग्रेसमा पदाधिकारीसहित केन्द्रीय नेतृत्वमा पुग्न रस्साकस्सी अन्तिम चरणमा पुगेको हो।

संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवालाई चुनौती दिने कोही नदेखिए पनि पदाधिकारीको व्यवस्थापन भने जटिल हुने देखिएको छ । आकांक्षी धेरै हुँदा उनीहरुलाई व्यवस्थापन गर्न वर्तमान सभापति एवं प्रधानमन्त्री देउवालाई सहज छैन ।

यसअघि देउवालाई बलियो साथ दिएका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिमा उठ्ने घोषणा गर्दै कार्यालय सञ्चालन गरिरहेका छन् ।

महाधिवेशन नजिकिएसँगै सभापति देउवाले आफू पक्षधर नेताहरुसँग छलफल गर्न लागेका छन् । सभापतिमा आफूलाई चुनौती दिने कोही नभए पनि आफ्नो समूहको व्यवस्थापनका लागि देउवा लागि परेका हुन् । त्यसका लागि देउवाले बुधबार बिहान आफ्नो टिममा रहेका र पदाधिकारीमा आकांक्षा राखिरहेका नेताहरुसँग छलफल गर्न लागेका छन् ।

महाधिवेशनमा उम्मेदवारबारे अनौपचारिक रुपमा छलफल भइरहेको भएपनि टुंगो नलाग्दा समस्या भएको नेताहरुले बताएपछि देउवाले छलफल गर्न लागेका हुन् ।

कमेन्टहरु
Loading...