‘डिजिटलमैत्री विद्यालयका लागि इसेवा’

गन्थन संवाददाता, पोखरा । पोखराका विद्यालयहरुसँग इसेवाले ‘डिजिटलमैत्री विद्यालयका लागि इसेवा’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । विद्यायलय डिजिटलमैत्री हुनु आजको आवश्यकता भएकाले इसेवाले पोखराका विद्यालयहरुसँग अन्तरक्रिया गरेको हो ।

पोखराका २ सय बढी विद्यायल इसेवासँग आवद्ध भई सहकार्य गरिरहेको इसेवाका प्रमुख आशिष प्रसाइले अन्तरक्रियामा जानकारी दिए । विद्यालय, विद्यार्थी र अभिभावकसँग सिधा सम्वन्ध बनाउनकालागि इसेवाले भुमिका खेलेको उनको भनाई थियो ।

त्यस्तै अन्तरक्रियामा इसेवाका विश्वास महर्जनले इसेवाको भुक्तानी र विद्यालयले प्रयोग गर्ने तरिकाका बारेमा जानकारी दिएका थिए ।

इसेवाले विद्यायलमात्र नभई बैंक, सहकारी, होटल, पसललगाएत कुनै पनि व्यवसायसँग सहकार्य गर्दै आएको छ । हालसम्म इसेवाको क्यु आर कोड लिनेको संख्या ६ लाख नाघिसकेको छ । साथै क्युआरकै माध्यमबाट दैनिक १ लाखको कारोबार हुने गरेको इसेवाले जनाएको छ ।

 

कमेन्टहरु
Loading...