पोखरा । गायक, संगीतकार तथा गीतकार थानेश्वर गौतमको स्वर तथा संगीतमा ‘तिम्रा यादहरु’ भिडियो सार्वजनिक भएको छ । गीतमा असफल भएको एक प्रेमीको पीडालाई देखाइएको छ ।
भिडियोमा निर्देशक रामजी लामिछानेले भिडियो निर्देशन गरेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको छ । त्यस्तै रोहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलले अभिनय गरेका छन् ।