जनगणनाबाट वञ्चित भएको स्थानीयको दाबि

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ ।

धेरै परिवार जनगणनाबाट वञ्चित रहेको राजविराज-४ का सुरेश मुखियाले बताए । उनले भने, गणक नआइदिनाले अहिले पनि हाम्रो छिमेकीहरू जनगणनामा सहभागी हुन पाएका छैनन् ।

जनगणना कार्यालय सप्तरीका प्रमुख सञ्जय चौधरीले गणकहरू पटकपटक स्थानीयको घरमा जाँदा पनि कोही नभेटिएकाले त्यस्तो भएको बताए । उनले भने, छुटेको छ भन्दै सम्पर्कमा आएकाहरूको अहिले पनि गणकलाई पठाएर जनगणना गर्दै आएका छौं ।

कमेन्टहरु
Loading...