कोरोना अपडेट : देशभर ३०८ जना सङ्क्रमित, ३ जनाको मृत्यु

पोखरा । देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट थप ३ जनाले ज्यान गुमाएका छन् । यही अवधिमा थप २९८ जना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार ३४९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कमेन्टहरु
Loading...