आज कास्कीका १८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा आज २१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै संक्रमणबाट आज कास्कीमा २ जनाको मृत्यु भएको छ । त्यस्तै कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या १ सय २१ रहेको छ ।

त्यसैगरि अहिलेसम्म कास्कीमा ३६ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भैसकेको छभने ६ सय १९ जनाको संक्रमणबाट ज्यान गइसकेको छ ।

स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...