कास्कीमा जनगणना : ८० प्रतिशत महिला गणक, व्यारेकबाटै प्रहरी र सेनाको गणना

पोखरा । राष्ट्रिय जनगणनाका लागि कास्कीमा ८ सय ८५ जना गणक खटाइएको छ ।

तथ्यांक कार्यलय पोखराका निर्देशक जुगलाल बस्यालका अनुसार जनगणनाका लागि १ सय ९० जना सुपरिवेक्षक रहेका छन् । जसमा ८० प्रतिशत महिला गणक र ६० प्रतिशत भन्दा बढि महिला सुपरिवेक्ष रहेको उनले जानकारी दिए ।

जनगणनाको तयारीमा सन्दर्भमा तथ्यांक कार्यलय पोखरामा शान्तिका लागि नागरिक समाजको संजाल पोखरा अध्यक्ष बिना बराल , इन्सेक गण्डकी प्रदेश संयोजक शिव प्रसाद खकुरेल लगायतको टोलीसंग कुराकानी गर्दै उनले गणकहरु नयाँ रहेका कारण अनुगमन मार्फत कमजोरी देखिएमा सिकाउनुका साथै प्रोत्सहान गरिने बताए ।

प्रश्नावालीहरु लामो भएपनि सबै महत्वपूर्ण रहेकाले सबै प्रश्नावलीलाई व्यहारिक रुपमा उतार्न गणकहरुलाई भनिएको उनको भनाई थियो ।

छोटो समयमा गणकहरुलाई काममा खटाउनुपर्ने अवस्था रहेको बताउँदै जनगणनाको अनुगमन गरेर सुझाव दिन नागरिक संस्थालाई आग्रह समेत गरे ।

सञ्जाल संयोजक विना सिलवालले जनगणनामा हरेक क्षेत्रका नागरिकहरुको तथ्यांक समेटिनुपर्ने बताउँदै सुक्ष्म रुपमा तथ्यांक संकलनका लागि गणकहरुलाई परिचालन गरिनुपर्ने बताइन् ।

उनले उत्तरदाताहरुले समय नदिने समस्या रहेको भन्दै त्यसबारे ध्यान दिन आग्रह गरिन् ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव प्रसाद खकुरेलले नागरिक संघ संस्थाको तर्फबाट सञ्जाल र इन्सेकले अनुगमन गरि सुझाव दिने बताए ।
भाडामा बस्ने व्यक्तिको विवरण घरबेटीहरुले नदिने समस्या रहेको निर्देशक बस्यालले बताए ।

जनगणनालाई प्रभावकारी बनाउनका लागि वडा कार्यलयबाट टोलि बिकास संस्था परिचालन गर्नका लागि पत्रकार गरिएको निर्देशक बस्यालको भनाइ थियो ।
उनका अनुसार प्रहरी तथा सेनाहरुलाई व्यक्तिगत रुपमा व्यारेकमै गणना गरिनेछ ।

गणकहरुलाई समस्या परेको खण्डमा व्यबस्थापन गर्नका लागि निर्देशनालयले आन्तिरक द्रुत प्रतिकार्य समुह समेत बनाएको छ ।

कमेन्टहरु
Loading...