राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ को प्रदेश प्रमुखमा परशुराम खापुङ्ग, कर्णालीको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन्।
संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।