पोखरा । इलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महागनरपालिका वडा नं-३० गगनगौडा पावरहाउस स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा रकम र लागू औषधसहित दुईलाई पक्राउ गरेको छ ।
शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी प्रहरिले खानतलासी लिँदा उनिहरुको साथबाट डाईजापाम-२० एम्पुल, फेनेरागन-२० एम्पुल र नुर्फिन-२० एम्पुल जम्मा ६० एम्पुल, मोबाईल ३ थान र नगद रु एक लाख चवालीस हजार रुपैयाँ बरामद गरेका थियो ।
पक्राउ पर्नेमा पोखरा वडा नं-३० घोतघोते बस्ने वर्ष ३१ को बिक्की गुरुङ र सोहि स्थानमै बस्ने वर्ष ३० को जितु गुरुङ रहेका छन् । लागू औषध सम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट आठ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय शिसुवाले बताएको छ ।