सर्वोच्च अदालतका न्यायाधीशहरुद्दारा प्रधानन्यायाधीश जबराको राजीनामा माग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सर्वोच्च अदालतका न्यायाधीशहरूल नैे प्रश्न उठाउदै राजीनामा माग्ने निर्णय गरेका छन् ।

नेतृत्वमै रहे न्यायपालिकाको गरिमा, निष्पक्षता र मर्यादामा आँच आउँछ । निकास दिनुस् भनेर राजीनामा माग्ने निर्णय भइसकेको सर्वोच्च अदालत उच्च स्रोतले जानकारि दिएको छ।’

प्रधानन्यायाधीश जबरालाई उनकै कार्यकक्षमा आज भेटघाटका लागि बिहान साढे ११ बजे उनीहरु जादै छन् ।

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेपछि प्रधानन्यायाधीश जबरासँग न्यायाधीशहरु असन्तुष्ट बनेका थिए । तीन दिन बित्न नपाउँदै कोटामा नियुक्त भएका मन्त्रीले राजीनामा दिएका थिए ।

 

 

कमेन्टहरु
Loading...