गठबन्धनले संविधानको धज्जिया उडाउने काम गर्‍यो: नेता खगराज अधिकारी (भिडियाे सहित)

पोखरा । अहिले बनेको गठबन्धले संविधानको धज्जिया उडाउने काम गरेको नेकपा एमालेका नेता खगराज अधिकारीले आरोप लगाएका छन् ।

आज पोखरा महानगर वडा नं. ३१ को एमाले वडा अधिवेशनमा सम्वोधन गर्ने क्रममा नेता अधिकारी यस्तो आरोप लगाएका हुन् । जनताले कम्युनिष्टलाई दिएको म्यानडेट लगेर काँग्रेसलाई दिनु पनि क्रान्तिकारी हुन्छ ? उनले प्रश्न गरेका छन् ।

अदालतसहितको गठबन्धन भएकाले अदालत डुङडुङती गनाउन थालेको उनको भनाई थियो । उनले भने, ‘गठबन्धनले अदालतलाई समेत सामेल गराएर संविधानको धज्जिया उडाउने काम गर्‍यो ।

 

कमेन्टहरु
Loading...