पोखरा । प्रधानमन्त्री शेर वहादुर देउवा आज पोखरा आउँदैछन् ।
पाँचौं प्रधानमन्त्री भएपछि पहिला पटक आउन लागेका प्रधानमन्त्री देउवा बिहान साढे १० बजे हेलिकप्टर मार्फत पोखरा आउनेछन् ।
आज पोखरामा आयोजित एक कार्यक्रम मार्फत प्रधानमन्त्री देउवाले गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्दै छन् ।
पोखरा सभागृहमा गण्डकी प्रदेश सरकारले साक्षार प्रदेश घोषणा कार्यक्रम आयोजना गरेको छ ।