गोदावरी । कैलालीको अत्तरियामा कोभिड –१९ आपतकालीन खाद्य राहत वितरण कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका परिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ । विभिन्न सङ्घ संस्थाको पहलमा उक्त राहत वितरण गरिएको जनाइएको छ । गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतद्धारा आपतकालीन खाद्यान्न राहत वितरण गरिएको छ ।
तस्बिर: रासस