पोखरा । नेपाली कांग्रेसको पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान विजुच्छे विजयी भएका छन् ।
उनले ४ सय १४ मत ल्याएर विजयी भएका हनु् । उनका निकटतम प्रतिद्धन्दी गंगाधर पराजुलीले ३ सय ४६ मत प्राप्त गरे ।
सभापतिमा अन्य पाँच जना चुनावी प्रतिस्पर्धामा रहेका थिए ।
उपसभापतिमा भवसागर बराल र प्रयागराज भण्डारी निर्वाचित भएका छन् । यस्तै टुबराज बाँस्तोला र गणेशबहादुर थापा सचिवमा विजयी भएका छन् ।
सहसचिवमा संघर्ष कोइराला र सन्जय आले निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न निर्वाचनको मतपरिणाम आइतबार बिहान सार्वजनिक भएको हो ।
निर्वाचनमा कुल १ हजार ३ सय ४४ मत खसेको थियो ।