पोखरा । नेपाली कांग्रेसको १४ औ महाधिबेसनमा पोखरा महानगर कार्यसमिति सह सचिव पदमा संघर्स कोइरालाले उम्मेद्बारी दर्ता गरेका छ्न् । लामो समय बिद्यार्थी राजनीतिमा रहेका कोइराला निवर्तमान नेबिसघ कास्कीका सचिब रहेर बिद्यार्थी राजनीतिमा आफ्नो राम्रो पहिचान बनाइ सकेका छ्न् ।
नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आज उमेदवार मनोनयन दर्ताको कार्यक्रम भएको थियो । बेलायत बाट स्नातक गरेका कोइरालाले हाल एमपी जि डिमा स्नातकोत्तर गर्दै छ्न् । बिद्यार्थी राजनीतिमा बौद्धिक नेता भनेर चिनिने कोइरालाले महानगर कार्यसमिति सह सचिबमा दिएको उम्मेद्बारी सम्पुर्ण युबा हरुको प्रतिनिधित्व गर्दै दिएको बताएका छ्न् ।
उम्मेद्बारी दर्ता गर्दै कोइरालाले भने ‘अग्रज लाई सम्मान ,युवा लाई प्रोत्साहनू’ भन्ने प्रतिबद्धता सहित पोखरा महानगर समितिको सह सचीबमा आफुले बिजय हुने विश्वास लिएको बताए । साथै कोइरालाले शुभेच्छुकहरु,क्षेत्रिय प्रतिनिधिज्युहरु,लाई आफुलाइ अमुल्य मत प्रदान गरी युबा हरुलाइ प्रोत्साहन गर्न समेत अनुरोध गरेका छ्न् ।
सम्पुर्ण को सहयोग आफुलाइ रहेको हुदा काङ्ग्रेसको महानगर समितिमा बिजय भएपछि जिम्मेवार पुर्बक सबै युबा हरुको प्रतिनिधित्व गरेर काम गर्ने र आउने स्थानीय निर्वाचनमा महानगरमा काङ्ग्रेसलाई बिजय गराउने गरेर आफुले संगठन निर्माण गर्दै काङ्ग्रेस लाई बलियो बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।मनोनयन दर्ता पछि कोईरालाले भने मेरो उमेदवारी अग्रज लाई सम्मान ,युवा लाई प्रोत्साहन ,युव नेतृत्व स्थापित गर्न का निम्ति हो । गतिशिल ,सबल ,सुदृढ सङ्गठन निर्माण का लागि नै मेरो उम्मेद्बारी रहेको हुदा सबै प्रतिनिधिले सहयोग गरि बिजयी बनाउन अनुरोध समेत गरेका छ्न् ।