आलोचना भएपछि सरकारले नै मणिपाल लिएर बेच्ने तयारी

गन्थन संवाददाता । सामाजिक सञ्जालमा मणिपाल एजुकेशनले अस्पताल बतास ग्रुप र अटोवेजलाई बेचेको खबरले चर्चा पाएपछि जनस्तरबाट चर्को आलोचना खेप्नु परेको थियो ।

मणिपाल खरिदबिक्रि प्रक्रियामा सरकारको पनि सहभागिता हुनुपर्ने बुदाहरु सम्झौतामा भेटिएपछि नयाँ प्रक्रिया मार्फत सरकारले बतास ग्रुप र अटोवेजलाई पहिले आफ्नो नाममा ल्याएर उनीहरुलाई हस्तान्तरण गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

 

खासमा सहमतिबारेको हल्ला के थियो ?

मणिपाल र बतास,अटोवेजसंग खरिबिक्रि सम्बन्धी समाचार मिडिया ट्रायलका लागि दुई ब्यबसायीक प्रतिष्ठानले यस्तो गर्दा कस्तो प्रतिक्रिया आउछ भनेर मिडिया ट्रायल गरेका थिए । मिडिया ट्रायलमा आलोचना खेप्नपरेपछि नयाँ प्रक्रियामार्फत उनीहरु मणिपाल हत्याउने दाउमा रहेका छन् ।

बतास ग्रुपका अध्यक्ष आनन्द बताससँग प्रधानमन्त्री शेरबहादुर देउबाको राम्रो सम्बन्ध भएका कारण सरकारबाट नै लिदा बाटो सहज हुने उनीहरुहरुको अनुमान रहेको छ ।

मिडिया ट्रायलमा आलोचना भएपछि दुइकम्पनीले आफुनिकट मिडियाहरुलाई डिफेन्स गरिदिन आग्रह गरेका थिए ।

 

के सरकारले चलाउन सक्छ मणिपाल ?

सरकार र मणिपाल एजुकेशन बिचमा भएको सम्झौता अनुसार मणिपालले नेपाल सरकारको सहमति बिना अन्य कम्पनीलाई ठेक्कामा लगाउन वा बेच्न पाउदैन बरु त्यो स्वत नेपाल सरकारको मातहत आउछ । त्यस्तो अबस्थामा मणिपाल अस्पताल सरकारले संचालन गरेर शुलभ दरमा सेवा सुचारु गर्न सक्छ । सरकारमा बनेका जिम्मेबार ब्यक्तिहरुले पहल गरेको अबस्थामा सरकारले अस्पताल चलाउन सक्छ ।

 

आजसम्म बिदेशिहरु फिर्ता जाँदा हामीले के के भोग्यौं ?

केहि बर्ष अघिसम्म गोरखाको आँपपिपल अस्पताल बिदेशीले संचालन गर्दै आएका थिए त्यो बेला त्यो अस्पताल सस्तो र गुणस्तरीय थिए । तर आज अस्पतालले ठुलो दुर्दशा भोगिरहेको छ । गुणस्तरको त कुरा नगरम बयान गरि साध्य छैन । पोखराकै टुडिखेलमा अर्को अस्पताल थियो ।

ब्रिटिशले छाडेपछि बिजोग नै अबस्था भोग्नुपरेको छ । मणिपाल कस्ले खरीद गर्यो भन्नेमा हाम्रो चासो होईन । चासो यति मात्र हो आम मान्छेको सहज पहुँच हुने ठाउँमा यो वा त्यो बाहनामा ब्यापारिक दृष्टी नराखियोस ।

 

किन बोल्दैनन राजनीतिक दलहरु ?

मणिपाल खरीद बिक्री प्रकरणमा पोखरामा रहेका राजनीतिक दलहरु किन बोल्दैनन भन्न आम चासो छ । तर कुरा प्रष्ट छ उनीहरुसंग चन्दादाताको बिरुद्ध बोल्ने हिम्मत गर्दैनन् । सामाजिक संजालमा बिरोध नभएको भए उनीहरु यतिबेलासम्म खादा माला लाउन पुगिसक्थे ।

कमेन्टहरु
Loading...