पोखरा। पोखरामा जुवाखालबाट नगद सहित ८ जना व्यक्ति पक्राउ परेका छन् । गत बिहीबार साँझ करिव ६ बजेको समयमा पोखरा ३ नदिपुरमा एकमाया रानाको घरमा जुवा खेलिरहेको भन्ने अवस्थामा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुको साथबाट नगद रु ५६ हजार १ सय तिस र ४ बुक तास नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा पोखरा ३ नदिपुरका ३७ बर्षिया एकमाया राना मगर, सोही स्थानका ३५ बर्षिया निता पुन, ३८ बर्षिय इन्द्र राना मगर, पोखरा ८ न्युरोड बस्ने २९ बर्षिय देबिन पुन, पोखरा २ अर्चलबोटका ३२ बर्षिया मनमाया रोका, पोखरा ३ नदिपुर बस्ने ५४ बर्षिया नर कुमारी रोका, सोही ठाँउका ४४ बर्षिय बुद्धि बहादुर रोका, र म्याग्दी जिल्ला अन्नपुर्ण गाउपालिका १ का २५ बर्षिय प्रेम चुचाङ्गे रहेका छन् ।
पक्राउ परेका आठै जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।