पोखरा । भारतीय कम्पनीले सञ्चालन गरिरहेको पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल विक्री प्रकरणमा त्यहाँ कार्यरत क्रियाशिल कर्मचारी यूनियनले कडा आपत्ति जनाउँदै विभिन्न माग गरेको छ ।
सन् १९९२ मा नेपाल सरकारसँग भएको सम्झौताअनुसार व्यवस्थापनले संस्था कसलाई हस्तान्तरण गर्न पर्ने हो ? भन्ने प्रश्न कर्मचारी युनियनले गरेको छ । कानुनी कुराहरुको निक्यौल नभई लेनदेन हुँदा आइपर्न सक्ने कानुनी र व्यावहारिक अड्चनकाबारेमा सचेत रहन जरुरी रहेको समते कर्मचारी युनियनले बताएको छ ।
साथै कर्चामरीले खाईपाई आएको सेवा सुविधा सुनिश्चित हुनुपर्ने र पहिला व्यवस्थापनका पालामा शुरु गरेको सामुहिक सौदाबाजीका मागहरु अहिलेको व्यवस्थापनले पुरा गर्नुपर्ने माग समेत कर्मचारी युनियनले गरेको छ ।
यदि मुद्दाहरुको निरुपण नगरे व्यवस्थापनले गम्भीर मूल्य चुकाउनुपर्ने युनियनले चेतावनी दिएको छ ।
मणिपाल कर्मचारी यूनियन समन्वय समितिका अध्यक्ष जीवना थापा, मणिपाल स्वतन्त्र कर्मचारी यूनियनका अध्यक्ष नवराज भण्डारी, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष अमृत पौडेल, अखिल नेपाल स्वास्थ्य श्रमिक संघका अध्यक्ष नरेशकुमार श्रेष्ठले संयुक्त माग राखेका हुन् ।
कर्मचारी यूनियनका माग यस्ता छन्ः
-सन् १९९२ मा नेपाल सरकारसँग भएको सम्झौताअनुसार व्यवस्थापनले संस्था कसलाई हस्तान्तरण गर्न पर्ने हो ? यी कानुनी कुराहरुको निक्यौल नभई लेनदेन हुँदा आइपर्न सक्ने कानुनी र व्यावहारिक अड्चनकाबारेमा सबै सचेत रहन जरुरी छ ।
-झन्डै एक हजार कर्मचारीको उपदानको पैसा व्यवस्थापनले कहाँ के गरेको छ ? संचय कोष कहिलेसम्मको पठाएको छ ? कर्मचारीको पाउनुपर्ने ५० जनाजतिको कोरोनाको इन्सुरेन्सको पैसा दिएको, हालकै व्यवस्थापनले यथाशिघ्र भुक्तानी गरोस् ।
-जालसाजीपूर्वक आफ्नो खातामा कर्मचारी कल्याण कोषको पैसा राखेकाले कर्मचारीकोषमै फिर्ता गर्न पर्छ ।
-कर्मचारी आवासका लागी छुट्याएको कोषको रकम कर्मचारीलाई बाँड्नु पर्छ ।
-अघिल्लो महिनामै दिनुपर्ने वार्षिक ग्रेड यसै व्यवस्थापनले तुरुन्त वितरण गरोस् ।
-कर्चामरीले खाईपाई आएको सेवा सुविधा सुनिश्चित गरोस् ।
-यसै व्यवस्थापनका पालामा शुरु गरेको सामूहिक सौदाबाजीका मागहरु यही व्यवस्थापनले पूरा गर्नपर्छ ।
-अहिलेको व्यवस्थापन अन्तर्गतको लाभांश यसै व्यवस्थापनले वितरण गर्नपर्छ ।
-यदि यी मुद्दाहरुको निरुपण नगरे व्यवस्थापनले गम्भीर मूल्य चुकाउनुपर्ने कुरा समेत सबैको जानकारीका लागि अनुरोध छ ।