पोखराका पर्यटन व्यवसायी भट्टराईसहित १२ जना काँग्रेस प्रवेश

गन्थन संवाददाता । पोखराका पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईसहित १२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पोखरामा लामो समयदेखि पर्यटन क्षेत्रमा लागेका भट्टराईसहित १२ जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

पूर्व उपमेयर रहेका भट्टराई सहित पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, जीवन भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोकुमार भण्डारी, ई. विकास भट्टराई, ई. विशेष भट्टराई, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र आशिष भट्टराई लगाएतलाई प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले वालुवाटारमा पार्टी प्रवेश गराएका हुन् ।

पोखराको राजनीतिमा भट्टराई परिवारको भुमिका महत्वपूर्णरुपमा लिने गरिन्छ । भट्टराई परिवार प्रवेश गरेसँगै पोखरामा काँग्रेस पहिलेको तुलनामा अझ बलियो हुने देखिएको छ । गणेश भट्टराईलाई आगामी चुनावका लागि पोखराको मेयरको टिकट दिने भन्दै पार्टी प्रवेश गराइएको श्रोतले जनाएको छ ।

 

 

कमेन्टहरु
Loading...