नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
सेती दोभानमा गएराति पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अहिले पनि पहिरो खस्न नरोकिएकाले र निक्कै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
सडक दुवैतर्फबाट अवरुद्ध भएपछि गाडीको लामो लाइन छ ।