कास्कीमा आज थप १७५ जनामा संक्रमण, ३ जनाको मृत्यु

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा २ सय ८८ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै संक्रमणबाट आज कास्कीमा ३ जनाको ज्यान गएको छभने गण्डकी प्रदेशमा ७ जनाको ज्यान गुमाएका छन् । त्यस्तै कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या २ हजार १ सय ३२ रहेको छ ।

त्यसैगरि अहिलेसम्म कास्कीमा ३१ हजार ५ सय ७२ जनामा संक्रमण पुष्टि भैसकेको छभने ५ सय ३१ जनाको संक्रमणबाट ज्यान गइसकेको छ ।

स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

 

कमेन्टहरु
Loading...