स्वास्थ्य सचेतना जगाउँदै अभियान

पोखरा । पछिल्लो समय कोभिड १९ को संक्रमण बढ्दै गएपछि अभियान महिला समूहको आयोजना र अभियान युवा क्लबको समन्वयमा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । विशेषगरि सडकमा पैदल हिड्दा र निजी तथा सार्वजनिक सवारी साधनमा सवार गर्दा मास्कको प्रयोगमा हेलचक्राई गरिएको भन्दै आज पोखरा ५ जिरो किमीदेखि पोखरा ६ जरेबरसम्म स्वास्थ्य सचेतनाका साथै मास्क वितरण गरिएको हो ।

मास्क नलगाउने र उचित तरिकाले प्रयोग नगर्नेलाई मास्कको उचित प्रयोग गर्न अनुरोध गरिएको छ ।

वडा प्रहरी कार्यालय बैदाम, वडा नं. ५ को कार्यालय, सामुदायिक प्रहरी सेवा बैदाम, ट्राफिक प्रहरी बिट प्रस्याङलगाएतको सहकार्यमा उक्त सचेतना कार्यक्रम गरिएको थियो ।

नागरिकबाट नै सचेतनाका कार्यक्रम हुनुपर्ने र यस्ता कार्यमा सदैव नागरिकको साथमा रहने सामुदायिक प्रहरीले प्रतिवद्धता व्यक्त गरेको छ ।

ट्राफिक प्रहरी बिटका प्रस्याङका प्रमुख भुवन बहादु क्षेत्री, अभियान युवा क्लवका निवर्तमान अध्यक्ष मोहन बहादुर केसी, सामुदायिक प्रहरी सेवाका सुर्य बहादुर केसीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन अभियान युवा क्लवका अध्यक्ष राजु गिरीले गरेको थिए । साथै कार्यक्रमको समापन अभियान महिला समूहकी अध्यक्ष शर्मिला केसीले गरेकी थिइन् ।

अभियानले कोभिडको अवस्था हेरी स्वास्थ्य सचेतनाका कार्यक्रम गर्दै जाने पनि बताएको छ ।

 

 

 

 

 

 

कमेन्टहरु
Loading...