सागर राज तिमिल्सिना
पोखरा, २९ माघ/नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाले दुई चार दिन भित्रै सरकारमा आउने बताएका छन् । पोखरा विमान स्थलमा पत्रकारहरु सगँ कुरा गर्दै नेता पौडेलले धेरै दिन पर्खन मुलुकका लागी हित नगर्ने बताउदै दुई चार दिनमा सरकारमा आउने बताए ।
उनले नेकपा एमालेलाई सरकारमा ल्याउनकै लागी प्रधानमन्त्री र विना विभागीय मन्त्री बताएको बताए । नेता पौडेलले एमालेलाई गृहमन्त्रालय दिने बारेमा त्यस्तो कुनै सहमती नभएको बताए ।
वार्ता टोलीले मन्त्रालयका बारेमा शिर्षनेतालाई मन्त्रालयका बारेमा वार्ता गर्ने जिम्मेवारी दिएको बताउदै नेता पौडेलले एमालेलाई गृहमन्त्री दिने भन्ने बारेमा बुझाइ उल्टो परेको हुन सक्ने बताए । उनले एमाले पाटि भित्रै द्धन्दमा भएका कारण उल्लो बुझाइ भएको हुने सक्ने बताए । उनले एमालेलाई दुई चार दिन सोच्नुहोस् बुझनु हो भनेको बताए ।