कोरोनाका कारण कास्कीमा अहिलेसम्म ५ सय ३ जनाको मृत्यु

गन्थन संवाददाता । कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ७ सय ४७ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै संक्रमणबाट आज कास्कीमा ४ जना जनाको ज्यान गएको छ । त्यस्तै कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या २ हजार १५ रहेको छ ।

त्यसैगरि अहिलेसम्म कास्कीमा २९ हजार ८ सय ३५ जनामा संक्रमण पुष्टि भैसकेको छभने ५ सय ३ जनाको संक्रमणबाट ज्यान गइसकेको छ ।

स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

 

कमेन्टहरु
Loading...