आमाको किरिया बसेका छोरीहरु भेट्न मन्त्री आचार्य गोरखा पुगे

पोखरा । आमाको किरिया बसेका छोरीहरुलाई भेट्न गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य गोरखा पुगेका छन् । छोरीहरुले आमाको किरिया गरेर समाजमा छोरा छोरी एकै हुन् भन्ने सन्देश दिएको मन्त्री आचार्यले बताए ।

परिवारमा समवेदना प्रकट गर्दै उनले समाजमा यस्ता साहशी छोरीहरुको जन्म हुनुपर्ने बताए ।

गोरखा नगरपालिका १३ स्थित देउराली पुरण्डीमा इन्दिरा बरालको देहान्तपश्चात उनका ३ छोरीहरु अर्चना, अनुपा र आशिका किरियामा बसेका हुन् । छोरिहरुपनि किरियाकर्ममा बस्न सक्छन् भन्ने पाठ यिनिहरुले समाजमा प्रमाणित गरेका छन् ।

कमेन्टहरु
Loading...