मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ ।
मौसम पूर्वअनुमान महाशाखाले आज वर्षाका कारण पहाडी भूभागमा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।