लाइनमा बसेकालाई सकियो भनेर पहुँचवालालाई खोप लगाएपछि… (भिडिओ)

शुक्रबार दिउँसो काठमाडौंको सिभिल अस्पतालमा कोराना खोप लागउन लाइनमा बसेका सर्वसाधारणले अस्पतालले खोप लुकाएको भन्दै विरोध जनाएका छन् ।

लाइनमा बसिरहेका सर्वसाधारणलाई खोप सकिएको भनि फिर्ता गराएर अस्पताल भित्र लुकिछिपी खोप लगाएको थाहा पाएपछि सर्वसाधारणले विरोध जनाएका थिए ।

चारसय भन्दा बढि सर्वसाधारण लाईनमा थिए तर खोप सकियो भनेर अस्तालले भनेपछि हल्लाखल्ली मच्चिएको थियो ।

पहुँचका आधारमा लुकिछिपी खोप लगाइरहेको भिडियो सार्वजनिक भएपछि स्थिती तनावग्रस्त बनेको थियो ।

प्रहरीले विरोध गर्ने चार जना सहित खोप लगाउने कार्यमा संलग्न एक कर्मचारी, एक सुरक्षा गार्ड नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...