पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या, मणिपालबाट काठमाडौं लैजाने तयारी

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।

मेयर जिसीको उच्च रक्तचापका कारण नशामा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

जिसीका प्रेस संयोजक माधव वरालका अनुसार उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

कमेन्टहरु
Loading...