अन्योल राजनीतिक अवस्था सुधार्न अनसन

पुस, २३ बुटवल/ स्वाभिमान युवा सञ्जालले सोमबार देखि रुपन्देहीको मणिग्राममा ३ दिनका लागि २४ घण्टे रिले अनसन शुरु गरेको छ । मुलुकको अन्योल राजनीतिक अवस्था सुधारका लागि दवाव दिने उद्देश्यले अनसन शुरु गरिएको सञ्जालका संयोजक प्रकाश गौतमले बताउनुभयो । तीन दिनसम्म २४ सै घण्टा गरिने रिले अनसनमा करिव २४ जना युवाहरु सहभागि हुने उहाको भनाई छ ।

मुलुकमा संवैधानिक संकट सिर्जना हु“दै गएको र अपराधिक कृयाकलाप पनि बढ्दै गएकाले यथासक्य चा“डो अन्योल राजनीतिको अन्त्य गरी कानुनी राज्यलाई बलियो बनाउन दवाव स्वरुप गरिएको आन्दोलन अनसनमा कार्यक्रमलाई नेपाल नागरिक समाज रुपन्देही, कम अन युथ स्टेण्ड अफ बुटवल, नागरिक सचेतना सञ्जाल रुपन्देही लगायतका संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन ।

अनसनमा सञ्जालका संयोजक गौतम, सहसंयोजक नविन पन्थ, कम अन युथ स्टेण्ड अफ बुटवलका संयोजक सुमन श्रेष्ठ, नेपाल नागरिक समाज रुपन्देहीका अध्यक्ष बाबुराम भण्डारी लगायतका युवाहरु बसेका छन ।

कमेन्टहरु
Loading...