रजत जयन्तीको अवसरमा अन्तरमावि स्तरिय हाजिर जवाफ प्रतियोगिता

पोखरा, २३ माघ। पोखरा–२ अर्चलबोटमा रहेको सनफ्लावर वोडि· स्कूलले रजत जयन्तिको अवसरमा बिहिबार अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा गण्डकी आवासीय उच्च मावि प्रथम, मदरल्याण्ड उच्च मावि द्धितीय, डिज्निल्याण्ड एकेडमी तृतीय र पश्चिमाञ्चल उच्च मावि सान्त्वना भएका छन्।विजयी विद्यालका विद्यार्थीहरुलाई ज्ञानुवावा उच्च माविका प्रिन्सिपल दिनेश अर्याल सनफ्लावर बोडि· स्कुलका प्रिन्सिपल ए.एम.गुरुङ विद्यालयका निर्देशक दिपक शाहाले पुरस्कार र प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटले विद्यालयलले छोटो समयमा ठुलो फड्को मारेको बताए । विद्यालयले अव आफ्नो महत्व देखाउने वेला आएको छ उनले भने–विद्यालयलाई हरपल सघाउनका लागि प्याब्सन तयार रहने छ।

उनले विद्यालयले यस्ता खालको प्रतियोगिता गरेर विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न मद्दत मिल्ने बताए । ज्ञानुवाव उच्च माविका प्रिन्सिपल दिनेश अर्यालले विद्यालय आगामि दिनमा पनि अझै फड्को मार्न सकोस भन्दै शुभकामाना दिए । कार्यक्रममा विद्यालयका एकेडमिक डिन दिलिप देवकोटाले कार्यक्रमको वारेमा जानकारी गराएका थिए । सनफ्लावर वोडि· स्कुलका प्रिसिन्पल ए.एम.गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक शुशिला रेग्मीले स्वागत र शिक्षक मोहन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...