प्रकृतिले हामीलाई ठगेकै होः उपमेयर गुरुङ

राजु गिरी, पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएपछि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले उक्त स्थानको स्थलगत अवलोकन गरेकी छिन् ।

 

अवलोकनकै क्रममा गुरुङले वर्षा नरोकिएकाले अझै कस्तो विपत्ती आइपर्ने हो भन्दै चिन्ता व्यक्त गरेकी छिन् । उनले भनिन्– ‘केही कमी कमजोरीले ड्याम भत्किएको हुन सक्छ तर प्रकृतिनै विपत्ति बनेर आएपछि केही लाग्दो रहेनछ । प्रकृतिले हामीलाई ठगेकै हो । अझै कति समय पानी पर्ने हो, कहाँ कहाँ बाढी आउने हो यसै भन्न सकिने अवस्था छैन ।’
फेवा तथा ड्याम संरक्षणका विषयमा विज्ञहरुसँग बसेर छलफल गरि अगाडी बढिने उनले बताइन् ।

 

त्यहाँ आएको बाढीपछि नदीले धार परिर्वतन गर्दा छ घरपरिवार विस्थापित भएका छन् । पोखरा–२३ स्थित फेवातालमा मिसिने हर्पन खोलामा निर्माण गरिएको ड्याम गए रातिको बाढीले बगाएको हो ।

 

फेवातालमा मिसिने नदीले बर्खायाममा बगाएर ल्याउने ढुङ्गा, बालुवालगायतका गेग्रानका कारण ताल पुरिँदै गएपछि नदीजन्य पदार्थ मिसिनबाट रोक्ने उद्देश्यले ड्याम तथा पोखरी निर्माण गरिएको थियो ।

कमेन्टहरु
Loading...