पोखरा । पोखरा ३१ वेगनास घर भई पोखरा ३० शिशुवा बस्दै आएका देव बहादुर सापकोटाकी छोरी दिप्ती सापकोटालाई बचाऔं अभियान सञ्चालन गरिएको छ । ३ वर्षीय दिप्ती ब्लड क्यान्सरबाट पिडित छिन् । अस्पतालमा राखेर उपचार गर्दा आर्थिक अवस्था नाजुक बनेपछि बुबा देवबहादुरले आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
दिप्तीको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइसोलेसन कक्षमा उपचार भैरहेको छ । तर दिप्तीलाई तत्काल काठमाडौंको कान्ति बाल अस्पताल लैजानु पर्ने भएकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।
दिप्तीका बुबाका अनुसार सहयोग गर्न चाहनेले गरिमा विकास बैंकको खाता नं ०८५१०९००८७६६८३०००००१ मा आर्थिक रकम सहयोग गर्न सकिनेछ । साथै सिधै सम्पर्क गरि सहयोग गर्नका लागि ९८२८५८२६९५ र ९८०४१७७९२० मा फोन गर्न सकिने देवबहादुर बताउँछन् ।