पोखरा । विगत १ वर्ष आगाडीदेखि विश्व महामारीको रुपामा फैलिएको कोरोना भाईरस कोभिड १९ रोगको रोकथाम तथा व्यवस्थापनको लागि पनि निरन्तर लागिरहेको नेलम्बो नेपालले विद्यालयलाई सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीमा रहेको श्री शुक्रराज माध्यमिक विद्यालय डिस्पोजिवल माक्स, फेस सिल्ड, केएन ९५ माक्स, सेनिटाईजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेताना ब्रोसर गरि २७ हजार १ सय ६० रुपैया बरावरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । नेलम्बो नेपालका अध्यक्ष एक देवकोटा र कार्यक्रम संयोजक डा.कसन कोइरालाले विद्यालयका प्रधानाध्यापक नरनाथ वराललाई हस्तान्त्रण गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष देवकोटाले उपलब्ध गाराइएका स्वास्थ्य सामग्रीहरुको सहि सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । प्रधानाध्यापक वरालले यस विषम् परिस्थितिमा विद्यालयको कोभिड १९ सम्बन्धी स्वास्थ्य सामग्री खरिद गर्ने बजेट नहुदाँ स्वास्थ्य सामग्रीहरु खरिद गर्न नसकि स्वास्थ्य मापदण्ड समेत पालना गर्न नसकेको अवस्थामा नेलम्बो नेपाल आई सहयोग गरेको प्रति हार्दिक धन्यवाद व्यक्त गरे । साथै आफुहरुले उपलब्ध स्वास्थ्य सामग्रीहरुको सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।