कास्कीका एसपी श्रेष्ठको सरुवा, नयाँ एसपी रमेश थापा

पोखरा । प्रहरी प्रधान कर्यालयले ५२ जना एसपीको सरुवा गरेको छ।

असारको ८ गतेको निर्णय अनुसार भएको सरुवामा अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुख परिवर्तन गरिएको छ।

कास्कीमा एसपी रमेश थापा आउने भएका छन् । उनी यसअघि प्रहरी प्रधान कार्यलयमा इन्टरपोल शाखामा कार्यरत थिए ।

कास्कीमा हाल कार्यरत जीवन कुमार श्रेष्ठ लागू औषध व्युरोमा सरुवा भएका छन् ।

 

कमेन्टहरु
Loading...