पुननिर्माणमा बजेटको अभाव हुँदैन: मन्त्री तामाङ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलाम्ची र हेलम्बुका बाढी पीडितसँग भेट गरेकाछन् । यही असार १ मा मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पु¥याएको थियो ।

उनले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिए । उनले भने “ पुननिर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुननिर्माणमा पहिलो प्राथमिकता दिन्छ । ”

मन्त्री तामाङले तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम थाल्न निर्देशन दिए ।

“पहिलो प्राथमिकता पीडितलाई अस्थायी बासको व्यवस्था गर्नु हो, स्थायी रुपमा पुनःनिर्माणको काम पनि साथ साथै अघि बढ्छ ।” उनले भने ।

कमेन्टहरु
Loading...