कास्कीमा थपियो निषेधाज्ञा : सवारीमा जोर-विजोर लागू हुने (के गर्न पाइन्छ/पाइदैन हेर्नुस्)

पोखरा । कास्की जिल्लामा निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यलय कास्कीले आइतबार साँझ आदेश जारी गर्दै असार १८ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञा अवधीमा सर्वाजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । जोर गते जोर र विजोर गते विजोर सवारी साधन गुड्न पाउने व्यबस्था गरिएको छ ।

दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने खाद्यन्न पसल भने विहान ५ बजेदखी मध्यान्न १२ बजेसम्म खोल्न पाइने छ ।

पसल संचालन गर्दा अनिवार्य २ मिटरको भौतिक दुरी कायम राखी स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

 

No description available.

No description available.

कमेन्टहरु
Loading...