आइतबारदेखी चरक हस्पिटलमा क्याथ ल्याब सेवा सुरु हुँदै

पोखरा ।  पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले सेवा विस्तार गर्दै आइतबारबाट क्याथ ल्याब सेवा सुरु गर्ने भएको छ ।

अन्तर्राष्ट्रियस्तरको सुविधासहित सञ्चालित हस्पिटलले एन्जियोग्राफी, पीटीसीए, स्टेन्टिङ, पेसमेकर प्रत्यारोपण सहित मुटु रोग सम्बन्धी सम्पूर्ण सेवाहरू हस्पिटलले विस्तार गर्न लागेको हो ।

प्रवन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले अर्को वर्ष बाइपास सर्जरी सेवासमेत सुरु गर्ने तयारी गरिरहेको छ ।

देशभर फैलिएको कोरोना महामारीको समयलाई ध्यानमा राख्दै हस्पिटलले कोरोनाका बिरामीलाई ‘क्रिटिकल केयर युनिट’बाट उपचार सेवा प्रदान गरिरहेको पोखरेलले बताए ।

पोखरा मात्र नभई गण्डकी प्रदेशसहित दाङ, विरगन्ज, धनगढी लगायतका ठाउँबाटसमेत हस्पिटलमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

नेपालमा दोस्रो लहरको कोरोना संक्रमण दर दिनप्रतिदिन बढेसँगै हस्पिटलले सरकार तथा स्थानीय तहसँग समन्वय गरी विशिष्ट सेवासहित कोरोना संक्रमितको उपचार गर्दै आइरहेको छ ।

एक सय बेड क्षमता रहेको हस्पिटलमा ३० वटा क्याबिन रहेको छ ।

व्यवस्थापक प्रदीप शर्माका अनुसार चौबिसै घण्टा बिरामीको लागि आवश्यक अक्सिजन सप्लाई सुविधा रहेको छ । ।

बरिष्ठ फिजिसियन तथा हस्पिटलका अध्यक्ष डा. बद्री पौडेलले अस्पतालले आईसीयू, एनआईसीयू, सीटी स्क्यान, सीटी एनजीओ, क्याथ ल्याब, आधुनिक मोडलुर ओटी लगायत आधुनिक प्रविधिमा आधारित रही सहुलियत दरमै उपचार सुविधा प्रदान गरिरहेकोे बताए ।

कमेन्टहरु
Loading...