पोखरा, १७ माघ/नेपाल रेडक्रस सोसाइटी लामाचौर उपशाखाको अध्यक्षमा बुद्धिबहादुर खत्री क्षत्री निर्वाचित भएका छन् । उपशाखाको सम्पन्न पाँचौ अधिवेसनले क्षत्रीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । कार्यसमिति सदस्यमा शोभामोहन पौडेल, प्रभा गौतम, सूर्यबहादुर नेपाली, बाबुराम गौतम, महालक्ष्मी थापा, मनदेवी केसी, मिलन केसी, राजेन्द्रप्रसाद आचार्य, बलबहादुर श्रेष्ठ (पदेन सदस्य) र होमनाथ गौतम (मनोनीत सदस्य) छन् । सदस्यहरुको कार्यविभाजन पहिलो बैठकले गर्ने नवनिर्वाचित अध्यक्ष क्षत्रीले जानकारी दिए ।
उपशाखाका अध्यक्ष बलहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेसनमा जिल्ला रेडक्रस सोसाइटी कास्कीका उपमन्त्रै कृष्ण तिमिल्सिना निर्वाचन कमिटी संयोजक थिए । कार्यक्रममा कोषाध्यक्ष मनदेवी केसीले उपशाखाको आयव्यय प्रस्तुत गरेकी थिइन् भने सचिव निरञ्जन थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।