गन्थन डेस्क ।
विपक्षी गठबन्धनले बहुमत समर्थन पाएका कृष्ण चन्द्र नेपालीलाई मुख्यमन्त्री किन घोषणा गरिएन भन्दै गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी धर्ना दिएका छन् ।
गठबन्धनले मुख्यमन्त्रीको दावीसहित हिजोमात्रै ३१ सांसदको प्रस्ताव पत्र पेश गरिसकेको थियो । बहुमतको समर्थन पाएपछि यथासक्य छिटो घोषणा हुनुपर्ने उनीहरुको माग छ ।
घोषणाको समय बितिसक्दा पनि किन ढिला गरियो भन्दै विपक्षी गठबन्धनले धर्ना दिएको हो ।
सुरक्षालाई मध्यनजरगर्दै प्रहरी फोर्सलाई धर्ना क्षेत्रमा बढाइएको छ ।