पोखरा/सुदुर पश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले बिश्वासको मत प्राप्त गरेका छन् । बिश्वासको मतका लागि उनलाई २७ मत आवश्यक परेको भए पनि उनको पक्षमा ३० मत खसेको थियो भने उनको बिपक्षमा ९ मत खसेको थियो । माधब नेपाल समुहको सहयोगको कारण उनलाई बिश्वासको मत प्राप्त भएको हो ।
मतदान प्रक्रियामा काँग्रेसका १२ सांसदले भने निर्वाचन प्रक्रियामा सहभागिता जनाएनन् । भट्टले बिश्वासको मत लिएसँगै सुदुर पश्चिम सरकारले पुरा कार्यकाल सरकार संचालन गर्ने देखिएको छ ।
