- सौगात पोखरेल
पोखरा\गण्डकी प्रदेशको पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकारले बिश्वासको मत लिने समय नजिकिदै गर्दा अब गण्डकी प्रदेश सरकार कस्को नेतृत्वमा बन्छ भन्ने कुराको बहस अहिलेको मुख्य बहस बनेको छ । सर्बोच्चले जनमोर्चाका सांसद कृष्ण थापालाई सांसद पद थमौती गरिदिएपछि हालसम्म गण्डकी प्रदेशमा सत्ता पक्ष र विपक्षी दुबै अल्पमतमा परेका छन् ।
अब गण्डकी प्रदेशमा संसद बिघटन भएर मध्याबधी निर्वाचन हुन्छ कि नयाँ सरकार बन्छ भन्ने कुराको निर्धारण भने माओबादीले के निर्णय गर्छ भन्ने कुराले निर्धारण गर्ने देखिन्छ । दुबै पक्ष अल्पमतमा भएका कारण बहुमत पु¥याउनका लागि माओबादीबाट निर्बाचित सभामुख नेत्र अधिकारीले सभामुख पदबाट राजिनामा दिएको खण्डमा बिपक्षी गठबन्धनलाई बहुमत पुग्ने देखिन्छ । तर माओबादीमा भने आँफैले नेतृत्व गर्न पाए मात्र सभामुखबाट राजिनामा दिने भन्नेबारे बहस चलिरहेको स्रोतको दावी छ ।
यता काँग्रेस ,जसपा र जनमोर्चाले भने सभामुखले राजिनामा दिएर मुख्यमन्त्रीमा कृष्ण नेपाली पोखरेललाई नै सहयोग गर्नुपर्ने दबाद सिर्जना गरिरहेको छ । त्यसो गरेको अवस्थामा नयाँ सरकार गठन हुन मार्ग प्रशस्त हुने र सभामुखमा फेरि पनि माओबादी कै सांसदलाई बिजयी गराउन सकिने गठबन्धनको दावी छ ।
आज दिनको ११ बजे माओबादी प्रदेश संयोजक हितराजको उपस्थितिमा माओबादी संसदीय दलको बैठक आयोजना गरिएको बुझिएको छ । बैठकले सभामुखले राजिनामा दिने नदिने भन्नेबारे पनि निर्णय गर्ने एक सांसदले बताए । संसद बिघटन जोगाउन र नयाँ सरकार बनाउनको लागि बिपक्षीसँग यो नै अन्तिम बिकल्प रहेको छ ।
अवको गण्डकी प्रदेशको राजनीति कता लैजाने भन्ने कुरा माओबादीको हातमा भएको काँग्रेसका एक सांसदले बताए । उनले भने –‘बल माओबादीको कोर्टमा छ । गोल हान्छन कि बाािहर त्यो भने हेर्न बाँकी नै छ ।