कास्कीमा दैनिक मृत्यु हुने संख्या घट्न सकेन

गन्थन डेस्क ।

कास्कीमा केही हप्ताको तुलनामा कोरोना संक्रमितको मृत्यु संख्यामा केही कमी आएपनि पछिल्ला दिनमा कमी आउन सकेको छैन । अहिले दिनहुजसो ६/७ जनाको हाराहारीमा मृत्यु हुने गरेको तथ्यांक छ ।

आज पनि कास्कीमा ७ जनाको संक्रमणका कारण ज्यान गएको छ । यससँगै गण्डकीमा आज १४ जनाको ज्यान गएको छ ।

त्यस्तै कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ५ सय १३ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...