चन्द्रश्वर बस्ताकोटी
पोखरा, १६ माघ /मालपोत कार्यालय कास्कीले ६ महिनामा २० करोड राजश्व संकलन गरेको छ । साउन देखि पुस मसान्त सम्म रजिष्टेशन लिखत पारितबाट मात्र करिब १८ करोड राजश्व संकलन गरेको छ ।राजश्व संकलनमा अग्रस्थानमा रहेको मालपोत कार्यालय कास्कीले नामसारी, जग्गा दर्ता, बकसपत्र, संसोधित लालपुर्जा, रोक्का, फुकुवा, संसोधन मोहि दाखिला वा खारेजी समेतबाट करिब २० करोड राजश्व संकलन गरेको मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत रघुनाथ अधिकारीले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो, बिश्वमै छिटो सेवा दिने मालपोत कार्यालयमा नेपालका मालपोत पनि १० औ नम्वरमा आउछन । काठमाण्डौ जस्तै कास्की मालपोत कार्यालयको शाखाहरु खोलेर सेवाग्राहिलाई सेवा दिनु पर्ने बेला आई सकेको छ ।
मालपोत कार्यालयको आधुनिक भवनका लागि आफुले सिफारिस गरेको पत्र देखाउदै सिमित कर्मचारी र भवनका बाबजुद आगामि बर्ष देखि थपिएका कागजपत्र राख्ने ठाँउ अभाब हुने, तत्काल भवन नबने समस्या हुने प्रमुख मालपोत अधिकृत अधिकारीले बताउनु भयो । दैनिक ३ सय देखि ६ सय सम्मले सेवा लिने गरेको मालपोत कार्यालयमा ५० कर्मचारी रहेका छन भने कार्यालय र ग्राहकको समन्वय गर्न करिब २ सय ५० लेखापढि ब्यबसायी रहेका छन ।