पोखरा । संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ ।
मुटुमा समस्या भएपछि उपचारका लागि फिस्टेल अस्पताल पुर्याइएका गुरुङको आज राती १ बजे निधन भएको हो ।
पोखरा नयाँ गाउँघर भएका उनी केही दिनअघी मात्रै कोरोना संक्रमणबाट मुक्त भएका थिए ।
गुरुङ हिमाली सांस्कृतिक परिवारका अध्यक्ष हुन् ।
गुरुङका एक छोरा र एक छोरी रहेका छन् ।