पोखरा\बिहिबार राति अक्सिन अभावका कारण ज्यान गुमाएका सात जना संक्रमितको मृत्युबारे गण्कडी प्रदेश सरकार र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले आजसम्म केहि बोलेको छैन । सरकार र अस्पतालका कारण ज्यान गुमाएको संक्रमितहरुबारे न अस्पतालले केहि धारणा सार्वजानिक गरेको न त गण्डकी प्रदेश सरकारले नै त्यो घटनाबारे आफ्नो धारणा सार्वजानिक गरेको छ ।
अस्पताल र सरकारको व्यबस्थापकीय कमजोरीको बिरुछ बोल्न किन अस्पताल वा प्रदेश सरकार खोजिरहेको छैन भन्ने कुरा झन रहस्यमय बनेको छ । स–साना घटनामा पनि बिज्ञप्ती मार्फत धारण सार्वजानिक गर्ने प्रदेश सरकारलाई बिहिबार राती घटेको घटनाबारे बोल्न किन सकिरहेको छैन ? आजको मुख्य प्रश्न हो । लापरबाहिको कारण ज्यान गुमाएका मृतकको परिवारलाई आफन्तको मृत्युबारेमा जवाफ दिनु प्रदेश सरकार र अस्पताल प्रशासनको दायित्त्व नै हो ।
सात सात जना बिरामीको ज्यान गएको घटनामा पनि केहि बोल्न आवश्यक नठान्ने प्रदेश सरकार र अस्पताल प्रशासनले लापरबाहि गर्नेहरुलाई कारबाहि गर्छ भनेर बिश्वास गर्ने आधार केहि छैन । त्यसैले हामी सात जना संक्रमितको मृत्युबारे प्रदेश सरकार र अस्पतालको जवाफको प्रतिक्षमा छौँ ।
२०८१ पुष ८ गते सोमबार
सात जना कोरोना संक्रमितबारे बोल्नै चाहेन प्रदेश सरकार र अस्पताल
कमेन्टहरु