मृत्युदर बढ्यो गण्डकीमा (पछिल्लो विवरण सहित)

गन्थन डेस्क ।

गण्डकी प्रदेशमा मृत्युदर घट्नुको साटो बढिरहेको छ । पछिल्लो चरणमा अन्य ठाउँमा मृत्युदर भटेपनि गण्डकी प्रदेशमा भने झन बढिरहेको छ । प्रदेशमा संक्रमणका कारण आज मात्रै २० जनाको ज्यान गएको छ । यससँगै गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय २४ पुगेको छ ।

त्यस्तै कास्कीमा मात्रै पछिल्लो २४ घण्टाको अवधिमा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यसैगरि कास्कीमा थप ३ जनाका संक्रमणबाट ज्यान गएको छ । यससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या २ सय ८६ पुगेको छ ।

संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।

थप विवरणः

कमेन्टहरु
Loading...