आज ९८४१ संक्रमित निको भए, संक्रमित भन्दा निको हुने धेरै

गन्थन डेस्क ।
नेपालमा आज ९ हजार ८ सय ४१ जना कोभिड संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै सोही अवधिमा ६ हजार ८ सय ५५ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म सक्रिय सक्रमित १ लाख १३ हजार ३ सय ९४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ९६ रहेको छ । यससँगै कोभिडका कारण मृत्यु हुनेको संख्या ७ हजार ४७ रहेको छ ।

कमेन्टहरु
Loading...