भोली वडा १३ र १५ मा निशुल्क स्वाब संकलन गर्दै परिवर्तन नेपाल

राजु गिरी ।

परिवर्तन नेपाल नामक संस्थाले भोली जेठ १४ गते शुक्रबार पोखराका २ वडामा निशुल्क स्वाब संकलन गर्ने भएको छ । संस्थाले पोखरा महानगरपालिका वडा नं. १३ को वडा कार्यालय र वडा नं. १५ को तल्लो जनशक्ति टोल नयाँगाउमा निशुल्क स्वाब संकलन तथा स्वास्थ्य परिक्षण गर्ने भएको हो ।

माथीका दुई स्थान वरपर कोही कसैलाई स्वास्थ्यमा समस्या छ र कोभिडको शंका लागेको छ भने निशुल्क शिविरको फाइदा लिनहुन क्लवका अध्यक्ष ढाका कुमार श्रेष्ठले बताए । निशुल्क सेवा बिहान ११ बजेबाट शुरु हुने र सेवाको उच्चतम प्रयोग गरिदिन क्लवका सचिव हरि कार्कीले अनुरोध गरेका छन् ।

सामाजिक कार्य गर्नका लागि स्थापना भएको संस्थाले यस अघि पनि विभिन्न वडामा निशुल्क स्वाव संकलन गरिसकेको र अति विपन्न परिवारलाई राहत वितरण कार्य भैरहेको संस्थाका सहसचिव अभिमन्यु पाण्डेले बताए । पाण्डेका अनुसार परिवर्तन नेपालले समस्यामा रहेका विपन्न परिवारलाइ ‘राहत खाद्यान्न मोबाइल सेवा’ पनि सञ्चालन गरिरहेको छ ।

कमेन्टहरु
Loading...